You are viewing the translated version of अनुमतिपत्र रद्द हुने.
Rule 42
अनुमतिपत्र रद्द हुने
(१) लगानीकर्ताले सम्झौतामा उल्लिखित अवधिभित्र परियोजना कार्यान्वयन प्रारम्भ गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अवधिभित्र परियोजना कार्यान्वयन प्रारम्भ गर्न नसकिने मनासिब कारण भएमा त्यस्तो कारण खुलाई सम्बन्धित लगानीकर्ताले त्यस्तो अवधि भुक्तान नहुँदै म्याद थपका लागि सम्बन्धित निकाय समक्ष निवेदन दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिमको निवेदनको व्यहोरा मनासिब देखिएमा सम्बन्धित निकायले परियोजना कार्यान्वयन प्रारम्भ गर्न बढीमा तीन महिना म्याद थप गर्न सक्नेछ।
(४) उपनियम (३) बमोजिम सम्बन्धित निकायले म्याद थप नगरेमा वा त्यसरी थप गरिएको म्यादमा समेत परियोजना कार्यान्वयन प्रारम्भ नभएमा सम्झौताको अधीनमा रही त्यस्तो अनुमतिपत्र रद्द हुनेछ ।
(५) कुनै परियोजनाले नियम ४१ को उपनियम (१०) बमोजिम कार्यतालिका स्वीकृत नगराएमा वा स्वीकृत कार्यतालिका बमोजिम परियोजना कार्यान्वयन नगरेमा वा परियोजना कार्यान्वयन भए तापनि कार्यतालिका बमोजिमको सूचक वा उपलब्धि हासिल गर्न नसकेमा सम्बन्धित निकायले कारण र आधार खुलाई त्यस्तो परियोजनाको लगानी अनुमतिपत्र रद्द गर्न सक्नेछ ।